स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा संचालन गर्न सम्झौता भएको छ।

फास्ट बैंकिङ नेपालको मोबाइल तथा इन्टरनेट बैंकिङमा रहेका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुसन भएको एससीटीले जनाएको छ ।

सम्झौतापश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन्। साथै, ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमै जोड्न सकिने बताइएको छ।

footwear zone

फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च वृहत रुपमा घटाउन सकिने एससीटीले जनाएको छ। यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै संस्थाको छ।

You might also like

Comments are closed.