काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता भएको छ । साउन १५ गते आइतबार रातीदुई वटा बैंकबीच एक आपसमा गाभिनको लागि सम्झौतामा हस्ताक्षर भएको छ बैकले जानकारी दिएको छ ।
सम्झौतामा प्रभु बैंकका तर्फबाट अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका तर्फबाट राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सेञ्चुरी बैंक १ः१ को अनुपातमा प्रभु बैंकसँग गाभिन सहमत भएको छ ।प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन हुनेछन् ।

यस्तै, सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुनेछन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ। सम्झौतासँगै सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का भएको छ ।
अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। १ः१ अनुपातको स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।




Comments are closed.