प्रभु बैंकको ब्राण्ड एम्बेस्डरमा पुनः प्रदिप खड्का

काठमाडौं । प्रभु बैंकको ब्राण्ड एम्बेस्डरमा पुनः अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् । बैंकले नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त अभिनेता खड्कालाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभिनेता खड्कालाई बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्ती गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अभिनेता खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्राण्ड एम्बेस्डर रहेका छन् ।

footwear zone

You might also like

Comments are closed.