प्रभु क्यापिटलले ल्यायो ‘प्रभु क्यापिटल नगद अफर’

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल नगर अफर’ ल्याएको छ । नेपाली पूँजी बजारमा ख्ष्मभय प्थ्ऋ मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यसै सन्दर्भमा प्रभु क्यापिटलले आफ्ना हितग्राही सदस्यका लागि यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु क्यापिटल नगद अफर ल्याएको हो । यो योजना साउनदेखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ ।

यस Cashtival अन्तर्गत प्रभु क्यापिटलको Mobile app Download गर्ने सेवाग्राहीले रु. १ लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ ।

footwear zone

त्यसमा register गरी आफ्नो Demat खाता लिंक/कनेक्ट गर्नुपर्नेछ । यो अफरमा मासिकरुपमा ३ जना विजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले १ लाख जित्न सक्नेछन् । यो योजना हालसम्म APP download गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ ।

You might also like

Comments are closed.