काठमाडौं । प्रभु क्यापिटल र ट्रान्क्युलिटी स्पा (TRANQUILITY SPA) बीच छुट सम्झौता भएको छ । भदौ १ गते बुधबार भएको उक्त छुट सम्झौता पछि प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्युलिटी स्पाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नु पर्नेछ ।
ग्राहकले चेक आउट र विल पेमन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्क्युलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

यो अफर असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण ग्राहीको हकमा समेत लागु हुनेछ ।
नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।





Comments are closed.