प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोष्टिकबीच छुट सम्झौता

काठमाडौं ।  प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोष्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट सम्झौता भएको छ । उक्त सम्झौतामा मंगलबार दुबै पक्षबीच हस्ताक्षर गरिएकाे छ ।

उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्यावको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने, outsourcing गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन ग्राहकले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनु पर्नेछ । सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्यावले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

footwear zone

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोष्टिक नेशनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरूसहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

You might also like

Comments are closed.