काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोयल्टी पोइन्ट्स तथा रिफरल स्किम लन्च गरेको छ ।
ग्राहकलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसारLoyalty Points को श्रेणी निम्न अनुसार हुनेछ :
| Bronze | Silver | Gold | Platinum | Diamond |
| 0-1500 | 1501-2000 | 2001-3000 | 3001-4000 | 4001-above |
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको link copy र share गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।




Comments are closed.