काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपिओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बिहान ११ बजे आइपिओ बाँडफाँड हुनेछ ।
कम्पनीले गत मंसिर २९ देखि पुस २ गतेसम्म आइपिओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता मध्ये ३ लाख कित्ता (५ प्रतिशत) कर्मचारीका लागि र ३ लाख कित्ता (५ प्रतिशत) लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि खोलिएको थियो ।

कम्पनीको आइपिओका लागि १० लाख ८२ हजार १ सय ४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि अब कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।




Comments are closed.