विदेशबाट ल्याउने मोबाइलमा गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइलाई कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ गर्ने निर्णयको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले यो नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

footwear zone

व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो। तर यो निर्णयसँगै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताए ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि एमडिएमएस प्रणाली तत्कालको लागि कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।

शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने भनिएको एमडिएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणण स्रोतले जानकारी दिएको छ ।

 

You might also like

Comments are closed.