प्रधानमन्त्रीसँग युरोपेली संघ र स्वीट्जरल्याण्डकी राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा उनीहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भन क्याप्लरले पनि भेटवार्ता गरेकी थिइन् । सो क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको सचिवालयले जानकारी दिएको छ ।

footwear zone

You might also like

Comments are closed.