सरकारले तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत् तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्ने  बताएका छन् । साथै उनले नेपाल बहुसांस्कृतिक विविधता भएको राष्ट्र भए सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताएका छन् ।

२८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्।

footwear zone

विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतिको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कही न कही विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रुपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।”

प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताए । राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।

उनले ठूलो संघर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गरे । उनले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताए ।

प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताए ।

You might also like

Comments are closed.