प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरियाबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । आज भएको भेटमा उनीहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्ने छन् । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ छन् ।

footwear zone

नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

You might also like

Comments are closed.