बन्ने भयो प्रचण्डको नेतृत्वमा सरकार

काठमाडौं । सरकार गठनबारे दलहरूबीच सहमति जुटेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीलगायतका नेताहरूको बैठकले सरकार गठनको विषयमा सहमति जुटाएको हो ।

आफूहरूको साथमा एक सय ६६ जना सांसद हुने एमाले र माओवादीको दाबी छ। सहमतिअनुसार अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बन्ने र त्यसपछि एमालेले प्रधानमन्त्री पाउनेछ।

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ। प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन् ।

footwear zone

नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् ।

त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीका अध्यक्ष प्रचण्ड नयाँ गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित नयाँ सरकार गठनका लागि दिएको एक समय अहिले बेलुकी ५ बजे सकिँदैछ।

You might also like

Comments are closed.