काठमाडौं । नेपाल गणतान्त्रिक यातायात व्यवसायी महासंघको गण्डकी प्रदेश संयोजकमा व्यवसायी प्रकाशमणि तिवारी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न पहिलो राष्ट्रिय अधिवेशन प्रदेश संयोजकमा तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
यातायात व्यवसायमा लामो अनुभव संगालेका तिवारी पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्षसमेत हुन् ।

महासंघको अध्यक्षमा यातायात व्यवसायी ज्ञानेन्द्र श्रेठ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट उक्त महासंघको महासंघको वरिष्ठ सल्लाहकार डोलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष किरण रिजाल, उपाध्यक्षहरु हुकुम नेपाली, ऐनकुमार शाही, कान्छाराम थिङ, महासचिव सरोज खनाल, उप–महासचिवहरु गान्धिराज गिरी, टंक बस्याल र रामहरी श्रेष्ठ, सचिवहरु रामचन्द्र भुषाल, रूपकलाल श्रेष्ठ र चिनी बहादुर बोहोरा, कोषाध्यक्ष पुरुषोत्तम सिखंडा सहकोषाध्यक्ष गोप बहादुर ठकुरी निर्वाचित भएका छन् ।
माओवादी केन्द्रको व्यवसायी फ्याक्सन इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गंगा कार्कीको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
महासंघले ७५ जनाको केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।




Comments are closed.