प्रतिभा माविमा नेतृत्वसिप तालिम

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शनिवार विद्यार्थी केन्द्रित नेतृत्वसिप तालिम दिएको छ । तालिम पोखराको दीप सागर होटलको सभा हलमा सम्पन्न भएको हो ।

विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा अवाकर्स मेन्टल म्याथका निर्देशक तथा कार्यक्रमका सहजकर्ता उपेन्द्र अधिकारीले विद्यार्थीहरुलाई विभिन्न खेलका माध्यमबाट नेतृत्वसिपका बारेमा ज्ञान दिएका थिए ।

कार्यक्रममा विद्यालयका निर्देशक  किरण सापकोटाले नेतृत्वमा बस्ने सबै विद्यार्थीहरुकोे बानी, व्यवहार तथा कक्षामा पनि अव्बल हुनुपर्ने बताउँदै यस तालिमबाट सिकेका कुराहरु पन्ध्र दिनभित्रमा परिवर्तन आउनु पर्नेमा जोड दिए ।

footwear zone

कार्यक्रममा विद्यालयका सह प्राचार्य प्रदीप खनालले कार्यक्रमको बारेमा प्रकाश पार्दै नेतृत्वको व्याज लगाएर मात्र नेतृत्वसिप नहुने उसको योग्यताको पनि उत्तिकै भूमिका रहने बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन तथा विद्यालयका सह प्राचार्य बुद्धिमोहन पौडेलले शुभकामना मन्तव्य दिएको कार्यक्रममा विद्यालयका करिब ८० जना कक्षा मनिटर तथा प्रिफेक्सहरुको सहभागी रहेको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.