पोखरा । विद्यार्थीको क्षमता प्रस्तुत गर्न प्रतिभा माविले एकदिने ‘प्रतिभा फूड फेस्टिभल’ गरेको छ । पोखराको पालिखेचोकमा रहेको प्रतिमा माविले विद्यार्थीको क्षमता प्रस्तुत गर्न, विद्यार्थीको व्यवहारिक शिक्षाको विकास गर्न र इभेन्ट व्यवस्थापन गर्ने तरिकाबारे ज्ञान दिन फूड फेस्टिभल गरिएको विद्यालयका निर्देशक किरण सापकोटाले बताए ।
आइतबार सम्पन्न फूड फेस्टिभलको हिमान कास्कीका अध्यक्ष यामबहादुर रोकाले उद्घाटन गरेका थिए । पहिलोपटक आयोजना गरिएको फूड फेस्टिभलमा विद्यार्थीले आफैंले विभिन्न परिकार बनाएर पाहुनाका लागि कसरी पस्किने भन्ने अभ्यास गरेका छन् भने, आफैंले पकाएको परिकार अन्य सहभागीलाई खुवाउन पाउँदा खुसी भएका थिए ।
यसले कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ । फूड फेस्टिबलमा खानाका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि विद्यार्थीले गरेका थिए ।


प्रतिभा माविले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत यो कार्यक्रम गरेको हो । विद्यालयले असअघि विज्ञान प्रदर्शनी र विजनेस प्लानका अन्य कार्यक्रमहरु गरिसकेको निर्देशक सापकोटाले बताए ।
विद्यार्थीले पाठ्यपुस्तकको ज्ञानबाहेक बाहिरी ज्ञान पनि लिन आवश्यक रहेको बताउँदै विद्यालयका अध्यक्ष नारायण पौडेलले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन महत्वपूर्ण भूमिका खेल्छ ।’




Comments are closed.