काठमाडौं । लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए२ का गभर्नर डा. सुशिला मल्ल, लायन्स क्लव अफ काभ्रेका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ३२५ ए२ का पूर्व कोषाध्यक्ष बिधान जोशी, लायन्स क्लव डिष्ट्रिक्ट ३२५ ए२ का प्रथम भाइस गभर्नर केशव पाण्डे, लायन्स क्लव डिष्ट्रिक्ट ३२५ ए२ का पूर्व गभर्नर सुदर्शनधर प्रधानांग, पनौतिका मेयर, पनौती लायन्सका संस्थापक अध्यक्ष लायन सुरेश सैजु, राजाराम कर्माचार्य, पनौती लायन्सका अध्यक्ष अरुण कर्माचार्य, एरिया चिफ अमर ज्योती रन्जित, अटो नेपालका एमडी लायन भुषणकुमार श्रेष्ठ, लायन्स क्लब युनाइटेड सेन्ट्रलका प्रथम उपाध्यक्ष रोशनकुमार श्रेष्ठ, लायन्स क्लब काठमाडौ कास्ठमन्डपका अध्यक्ष कृष्णराज श्रेष्ठ, लायन्स क्लब युनाइटेड फ्रेन्डका अध्यक्ष दिपक थापा लगायत अन्य पदाधिकारीहरु र ट्राफिक प्रहरीद्वारा लायन्स प्रहरी बिटको शिलान्यास तथा लायन्स क्लब पनौतिको सौजन्यमा पनौती नेपालद्वारा संरक्षित मुलकोट बगैंचाको अबलोकन पश्चात् नयाँ, डाइमन्ड हिल रिसोर्ट चामखर्कमा औपचारिक कार्यक्रम सम्पन्न भयो ।
लायन्स क्लव डिष्ट्रिक्ट ३२५ ए२ का गभर्नर डा. सुशिला मल्लले लायन्स क्लब पनौतीका संस्थापक कोषाध्यक्ष लायन भुषणकुमार श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु दोसल्ला सहितको सम्मान गरेकी थिइन् ।
पनौति बसपार्कमा शिलान्यास भएको प्रहरी बिट बनाउन सहयोग गर्ने अटो नेपालका एमडी लायन भुषणकुमार श्रेष्ठले घोषणा गरे।




Comments are closed.