राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम गठित संसदीय सुनुवाई समितिका सभापतिबाहेक प्रतिनिधिसभातर्फका सदस्य हेरफेर गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू अमृता थापा, खगराज अधिकारी, देवप्रसाद गुरुङ, निरुदेवी पाल, पुष्पा भुसाल गौतम, भीमसेनदास प्रधान, विशाल भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराए।

footwear zone

त्यस्तै संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २७ को उपनियम २ अनुसार गठित राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समतिका सभापतिबाहेक रहनेगरी समितिका सदस्य पनि हेरफेर गरिएको छ ।

सभामुख सापकोटाले सांसदहरू अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, देवप्रसाद तिमिल्सिना भीमबहादुर रावल, मातृकाप्रसाद यादव, रामवीर मानन्धर र लक्ष्मी परियारलाई सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराए। बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

You might also like

Comments are closed.