पौरखीको हात, ग्लोबलको साथ

पोखरा । नामजुङ १,गोर्खा स्थायी ठेगाना भई हाल शहिद लखन ७, बुङ्कोट खाब्दीभञ्ज्याङ्मा बसोबास गरिरहेकी प्रतिभा श्रेष्ठको जीवनकथा समाजमा सबैको प्रेरणाको श्रोत बनेको छ । पदम बहादुर नेवारको बुहारी साधुर श्रेष्ठको श्रीमती प्रतिभा श्रेष्ठ हाल आफ्नै निवास खाब्दीभञ्ज्याङमा फ्रेससहाउस सन्चालन गर्दै आइरहेकी छन् ।

२०४९ साल जेष्ठ ६ गते पिता रणबहादुर श्रेष्ठ र माता मिश्री श्रेष्ठको कोखबाट जन्मेकी प्रतिभा श्रेष्ठको १७ बर्षको उमेरमा नै बिबाह भएकोले साथीसंङ्गीहरुसंग घुम्ने रमाउने र पढ्ने बेलामा पारीवारिक बन्धनमा परेपछि आफ्ना अनेकौं इच्छाहरु मनभित्र गुम्साउंदै परिवारका सदस्यहरुको इच्छा तथा योजना अनुसार चल्नु पर्ने बाध्यताका साथ जीवन अघि बढाउदै आएको बताउछिन् ।

विवाह पश्चात घरको चुल्होचौका घांसपात तथा दुई सन्तानको हेरचाह जस्ता दैनिक कार्यहरुमा दैनिकी बित्दथ्यो । आय आम्दानीको राम्रो श्रोत नभएकोले आयश्रोत कसरी बढाउन सकिन्छ भनेर संधै मनमा कुरा खेलिरहन्थ्यो । केही गर्ने, कमाउने समय यही हो, समय यही चुल्हाचौका तथा घाँसपात काटेर माात्र खेर फाल्नु हुंदैन केही गर्नुृर्पछ भनी आफ्नै गाउँमा एउटा कोठा भाडामा लिई फ्रेस हाउस खोली व्यापार गर्न सुरु गरिन् । यही क्रममा परिवारमा नयाँसदस्यको रुपमा सन्तान थपिएपछि व्यापारले मात्र घर धान्न गाह्रो भयो । नेपालमा कुनै रोजगारको अवसर नपाएपछि परिवारको आवश्यकता परिपूर्तिका लागि उनको श्रीमान बैदेशिक रोजगारको क्रममा दुबई गए ।

footwear zone

आफुसंग योग्यता सीप तथा दक्षता केही नभएको अवस्थामा संयोगवश ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बुङकोटमा कार्यरत सरसंग भेटघाट भयोे सोही क्रममा वित्तीय संस्थाले दिने सेवा सुविधाको बारेमा जानकारी गराउंदा महिला परनिर्भर होइन आत्मनिर्भर हुनुपर्छ ,आयस्तर बढाउन सानोतिनो कर्जा लिएर ब्यबसाय सुरु गर्नु सकिन्छ, सस्तो ब्याज, सहज र सुलभ तरिकाले मासिक किस्तावन्दीमा तिर्ने पाइने र आफुसंग बचेको पैसा बचत पनि गर्न पाइने भएपछि आफु पनि सो गाउँमा रहेको समुहमा आबद्ध भई संस्थाको नियम अनुरुप सदस्य बनी मितिः२०७३ साल फागुन १७ गते फ्रेस हाउस बिस्तारको लागी रु.४५,०००/- कर्जा लिएर ब्यबसाय बिस्तार गरिन् । घर परिवार तथा श्रीमानको सल्लाहबाट फ्रेसहाउसको बिस्तार भए पश्चात व्यबसायबाट पनि राम्रो आम्दानी हुंदै गयो ।

ब्यापारबाट भएको आम्दानीले घरमा हुने सबै किसिमका खर्चहरु पूरा हुदै आएकोले श्रीमानले कमाएको रकमबाट दुःख सुख गरी मासिक रुपमा केही रकम बचत गरिन् । थोपा थोपा मिलेर समुद्र बन्छ भन्ने उक्ति अनुसार आम्दानीको केही भाग बचत गर्न सुरु गर्नु भयो भने उता श्रीमानको कमाइ पनि राम्रो हुंदै गयो । त्यसै गरी उनले आफ्नो ब्यबसाय अझ सुदृढ गर्न मिति २०७४/०५/२८ मा रु.३,००,०००/– लिई बंगुर पालन सुरु गरिन् । आफू एक्लोले फ्रेसहाउस ब्यबसाय चलाउन, बंगुर पालन गर्न तथा बालबच्चा धान्न गाह्रो भएकोले बैदेशिक रोजगारमा जानु भएको श्रीमान पनि नेपाल फर्किए र दुबै मिली ब्यबसाय सुचारु गरे ।

गरे के हुन्न र भनेजस्तै मेहनत गरेको प्रतिफल स्वरुप उहाँहरुको ब्यबसाय सुदृढ हुंदै गयो र आम्दानी पनि राम्रो हुंदै गयो । यसै गरी उनले मिति २०७७ साल असोज २८ गते रु.७ लाख कर्जा लिई भैंसी तथा बाख्रा खरिद गरेको उनि बताँउछिन् । यसका साथसाथै लोकल तथा ब्रोइलर गरी १,५०० कुखुरा पनि थप्नु भएको छ भने तरकारी खेती तथा केरा खेती पनि संचालन गरेकी छन् । आय आम्दानी हुने बिबिध ब्यबसायहरुमा संलग्न उनिहरुलाई काम गर्न भ्याइनभ्याइ छ । उनि भन्छिन्, “ग्लोबल आइएमइ लघुवित्तले म लगायत धेरै दिदी बहिनीहरुलाई मेहनती, परिश्रमी, इमान्दारी तथा साहसी महिला हुन सिकाएको छ । गाउँघरमा आई सेवा दिने कार्यक्रम भएकोले हामीजस्ता निम्न आयस्तर भएका ब्यक्तिहरुको जीवनमा महत्वपुर्ण भूमिका खेलेको छ भन्दै जिवनमा परिर्वतन ल्याउन सहयोग गर्ने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थालाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । सही ढंगबाट कर्जाको सदुपयोग गरेमा कहिल्यै नोक्सान नहुने र उन्नती हुदै जाने हुँदा कर्जाको सही सदुपयोग गर्न सबैमा अनुरोध गर्दछु ।”

 

 

 

 

 

 

 

 

 

 

 

You might also like

Comments are closed.