काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् ।
प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका छन् ।
पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन् ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गरेका उक्त स्वघोषणाको गरी दिएका सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।




Comments are closed.