ललितपुर । सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।
जेठ ८, २०७९ का दिन IBDP कार्यक्रमको लागि International Baccalaureate (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा Continuum School को रुपमा स्थापित भएको छ ।
आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम -(PYP), मध्य वर्ष कार्यक्रम MYP), डिप्लोमा कार्यक्रम (DP) र करियरसम्बन्धित कार्यक्रम (CP) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ ।

वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरू मध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरुलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ । केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि IB PYP कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो IB वल्र्ड स्कुल हो ।
त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्याण्डमा अवस्थित International Baccalaureate (IB) बाट मान्यता प्राप्त भए पश्चात् कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि IB MYP कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो ।
हाल यस स्कुलले आईबी का प्राथमिक वर्ष कार्यक्रम (PYP), मध्य वर्ष कार्यक्रम (MYP) र डिप्लोमा कार्यक्रम (DP गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।
त्यस्तैगरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११औं र १२औं कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रमहरू मध्ये एक मानिने नयाँ IBDP कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ । यी तीन IP कार्यक्रमहरूले विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने छ, जसकारण विद्यार्थीहरु लिडरका रूपमा अघि बढी विश्वभर जिम्मेवार नागरिकको पहिचान बोकी यस संसारलाई योगदान पुर्याउन सक्षम हुनेछन् ।
प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि एउटै विद्यालयको छत्रछायाँमा IB को सम्पूर्ण कार्यक्रमहरु उपलब्ध हुनेछन् । विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बु भन्छिन्, ‘ प्रिमियर इन्टरनेशनल स्कुलले प्राप्त गरेको IB Continuum स्कुलको उपलब्धीसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ ।’
नेपालमा IB कार्यक्रम भित्राएर शैक्षिक क्षेत्रमा अग्रगामी सावित भएको प्रिमियर स्कुलमा IB Continuum स्कुलको आगमनले यसको उपलब्धिहरूको सूचीमा एक नयाँ आयाम थपेको छ ।




Comments are closed.