नयाँ बानेश्वरमा खुल्यो प्रेस्टिजियो फुड्सको नयाँ शाखा

काठमाडौं । प्रेस्टिजियो फुड्सको ब्रान्च नयाँ बानेश्वरमा संचालनमा आएको छ । सन् २०२१ सालमा धुम्बाराहीमा स्थापना भएको प्रेस्टिजियो फुड्सले आफ्नो व्यवसायिक सफलता पछि ब्रान्च नयाँ बानेश्वरमा संचालनमा ल्याउन सफल भएको छ ।

शुक्रबार नयाँ बानेश्वरमा खुलेको प्रेस्टिजियो फुड्सको कलाकार प्रशान्त ताम्राकार र सोल्टी होटेलका जिएम विजय नानमरणले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

इन्टरनेशलन अमेरिकन रेसिपी बेस पिजालाई सिंग्नेचर बनाएर इन्टरनेशनल फुड उपलब्ध गराउने उद्देश्यले प्रेस्टिजियो फुड्स नेपालमा संचालनमा ल्याइएको हो ।

footwear zone

इन्टरनेशनल फुड नेपालको मार्केटमा नेपाली सामग्री प्रयोग गरेर उपलब्ध गराउने र इन्टरनेशनल मार्केटमा काम गरेर आएका नेपाली कामदारहरुको टेक्नोलोजी र उनिहरुको सिपलाई नेपालमा सदुपयोग गर्ने उद्देश्यले प्रेस्टिजियो फुड्सको आउटलेट संचालनमा ल्याइएको प्रेस्टिजियो फुड्सका संचालनक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रेस्टिजियो फुड्समा इन्टरनेशलन अमेरिकन रेसिपीको सिंग्नेचर प्रोडक्टहरु पिजा, बर्गर र कफी उपलब्ध छ । प्रेस्टिजियो फुड्सले १८ प्रकारका पिजाहरु उपलब्ध गराइरहेको छ । प्रेस्टिजियो फुड्सको पिजामा चिल्लोपना न्यून मात्रामा छ । प्रेस्टिजियो फुड्सका ब्रान्चहरु छिट्टै नै अन्य स्थानमा पनि संचालनमा आउने संचालक श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.