प्राईम कर्मसियल बैंकका अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । प्राईम कर्मसियल बैंक सञ्चालक समितीका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शपथ ग्रहण गरेका छन्।

प्राईम बैंक सञ्चालक समितीको यही पुस २९ गते बसेको सञ्चालक समितीको चार सय ५९ औं बैठकबाट श्रेष्ठ सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम बिहीबार एक समारोहकाबिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

footwear zone

नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.