प्राइम लाइफ इन्स्योरेन्सको १५ औं साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा सेयरधनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरिएकाे छ । सभाले सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्व, ७७ करोड ९६ लाख १५ हजार ५७७ रूपैयाँको १३ प्रतिशत (खुद) का दरले सेयरधनीहरुलाई बोनश सेयर र सो बोनश सेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड, ९० लाख, १८ हजार ४२२ रकम समेतको व्यवस्था गरि बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसका साथै संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१.४९ गर्नेलगायतका प्रस्ताव पारित गरेको छ । उल्लेखित बोनश सेयर वितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्व, १४ करोड, ९ लाख, ६५ हजार ६०२ हुनेछ । साथै सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एक आपसमा गाभ्ने, गाभिने (merger) सम्बन्धमा मर्जर समितिबाट भएका निर्णयहरू अनुमोदन गर्दै मर्जर पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

footwear zone

यस कम्पनीले देशभरमा १५० भन्दा बढी स्थानहरुबाट छिटाे छरिताे र सरल ढंगले जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीले व्यवस्थापन गरीरहेको सेयरधनीहरुलाई जानकारी गराएको थियो ।

You might also like

Comments are closed.