पृथ्वी राजमार्ग बस संचालक कम्पनीको अध्यक्षमा लोकप्रिय मतसहित केसी निर्वाचित

पोखरा । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को अध्यक्षमा योगेन्द्रबहादुर केसी निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा केसीले दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गरेका छन् भने धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् ।

पहिलो कार्यकालमा कम्पनीमा उत्कृष्ट कार्य गरेका केसीलाई व्यवसायीले पुनः अध्यक्षमा स्वीकार गर्दै लोकप्रिय मत प्रदान गरेका छन् ।

सञ्चालकहरुमा जयप्रसाद शर्मा (६२९) बाबुराम दवाडी (६२५), अशोक कुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीशर्मा न्यौपाने रामु (५७८), मेखराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी (५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्छौडी (४९४), रमेश कुमार श्रेष्ठ (३९९) मत ल्याएर विजयी भएका छन् ।

footwear zone

You might also like

Comments are closed.