निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन्) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ ।

सो संस्थाको २३औँ स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा एशोसिएशनका अध्यक्ष ऋतुराज सापकोेटाले आफूलाई पुनःचलायमानका लागि थप आर्थिक ब्याजको खाँजो रहेको जनाउदै स्व–पूँजी परिचालन, स्वरोजगारी, रोजागारी, अभिभावकमा सहयोग, ग्रामीण क्षेत्रमा निजी विद्यालयको पहुँचजस्ता सकारात्मक विषयमा दिइएको योगदानको मूल्याङ्कन गर्न सरकारसँग माग गरे ।

‘सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मूल नारामा विभिन्न स्थानमा स्थापना दिवस मनाइरहेको सो एशोसिएशन २०५४ सालमा स्थापित भएको हो ।

You might also like

Comments are closed.