प्रोग्रेशिभ फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं ।  प्रोग्रेशिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा  मंगलबार कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालीका वडा नं. ०८, सुन्दर मार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाईनान्सको पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए ।

कार्यक्रममा गुहेश्वरी मर्चेट बैंकिङ एण्ड फाइनान्स लिमिटेड शाखा प्रबन्धक बिज्ञान गौतम र कलेजका सहायक प्रध्यापक निश्चल ज्ञवाली अतिथिका रुपमा सहभागी भएका थिए ।

footwear zone

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले Financial Literacy and Global Money Week 2023 तथा यसको उद्देश्यका बारेमा प्रकाश पारेकी थिइन् भने शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाइनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराएका थिए ।
कलेजमा अध्ययनरत ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरुका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरुले दिएका थिए ।

 

You might also like

Comments are closed.