प्रोग्रेशिभ फाइनान्सले शुरु गर्यो क्यु आर भुक्तानी सेवा

काठमाडौं ।  प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि क्युआर भुक्तानी टेलर सेवा शुरु गरेको छ । यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झण्झटबाटमुक्त बनाएको छ ।

यो सेवा लिनका लागि मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहनेछ । नयाँ वर्षको शुरुवातसँगै नयाँ सेवा प्रवाह गरेको यस फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्युआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेका छन् ।

footwear zone

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको बताएको छ ।

You might also like

Comments are closed.