काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैंठकले यही २०८ असार १५ गतेदेखि लागू हुने गरी अनिल श्रेष्ठलाई ४ वर्षका निम्ति प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने अनिल श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिनुभएको छ । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट उद्देश्यमा सफल हुने बताए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।




Comments are closed.