प्रोपेलद्वारा ग्राहक भेला सम्पन्न

काठमाडौं । नेपालका लागि प्रोपेल क्रसर प्लान्टको आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले ग्राहक भेला सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको याक एड यती होटलमा कार्यक्रम भएको हो । भेलामा नेपालका प्रतिष्ठित क्रसर व्यवसायीहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपस्थित नेपाल क्रसर तथा खानी उद्योग व्यावसाय महासंघका अध्यक्ष सीताराम न्यौपानेले वर्तमान क्रसर तथा खानी उद्योग व्यावसायको सम्भाव्यता, दायरा तथा भविष्यबारे विस्तारमा व्याख्या गरेका थिए ।

हाइड्रो, सडक बिस्तार जस्ता परियोजना, खानीजन्य तथा नदीजन्य पदार्थ प्रशोधन जस्ता क्षेत्रमा प्रयोग हुने प्रोपेल क्रसर प्लान्ट र मिशनरी नेपालमा सर्वाधिक बिक्री हुने ब्राण्ड हो । नेपालका साथै १५ भन्दा बढी देशहरूमा अत्याधिक लोकप्रिय रहेको यस ब्राण्डका करिब ८५ वटा प्रोडक्ट रहेको प्रोपेल इण्डियाका सन्जय जाडबले बताए ।

footwear zone

भेलामा ग्राहकलाई विभिन्न प्रोपेल क्रसर र माइनिङ प्लान्टको विशेष्ता, विवरण, प्रयोग गर्दा हुने फाइदाहरुबारे बतास अर्गनाईजेसनका प्रबन्धक निर्देशक शान्त राज बतास, बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दीपेन्द्र मल्ल, प्रोपेल एन्डियाका सन्जय जाडब, मन्भिन्डर सिंहद्वारा विस्तृत रुपमा जानकारी गराइएको थियो ।

खानी र निर्माण उद्योगहरूमा छिटो र कुशल क्रसिङ र स्क्रिनिङले गुणस्तर र उत्पादकताको सन्दर्भमा समुद्री फरक पार्ने हुनाले उक्त क्षेत्रहरूमा प्रोपेलको नवीन, प्राविधिक रूपमा प्रभावी मिशनरी विश्वस्तरीय रूपले प्रचिलत रहेको कुरा बताउँदै बतास अर्गनाइजेसनका प्रबन्धक निर्देशक शान्त राज बतासले अतुलनीय क्षमता रहेको यस्ता प्रेपेलको मिशनरी तथा उत्पादनले नेपालको विकास कार्यलाई थप अब्बल बनाउन सहकार्य हुने बताएका छन् ।

बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले प्रोफेलका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुँदै अएकाले आउदो दिनहरुमा देश विकासका कार्यमा कार्यरत सम्पूर्ण क्रसर तथा खानी उद्योगी व्यवसायीलाई अभै राम्रो गुणस्तरीय सेवा दिने प्रतिबद्धताका साथ बतास ट्रयाक्टर्स प्रा.लि. अघि बढिरहेको जानकारी गराएका छन् ।

You might also like

Comments are closed.