अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न आग्रह

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । त्यस्ता जीवन्त सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यता भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो ।

युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कलालगायत पाँच बृहत् प्रस्ताव गरेको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले जानकारी दिए । उनले भने, “युनेस्कोले पाँच अमूर्त विद्याको प्रस्ताव तयार गरेर यसको संरक्षण र विकासमा लागको छ । यी अभौतिक सम्पदा हाम्रो राज्यको सम्पत्ति हुन् । यसको महत्वलाई बुझेर संरक्षणमा लाग्न आवश्यक छ ।”

दिंला, हतुवागढी, टक्सारलगायत ठाउँको ऐतिहासिक महत्वका विषयमा युनेस्कोले खोजी गर्न सकिने जनाएको छ । दिंला ऐतिहासिक एंव धार्मिकस्थल रहेकाले यसको अनुसन्धान गर्नको लागि युनेस्कोका पहलमा विज्ञ समूहलाई ल्याउने योजना रहेको सहायक महासचिव डा अधिकारीले जानकारी दिए । “दिंला एउटा ऐतिहासिकस्थल हो । यहाँबाट संस्कृत भाषाको विकासमा धेरै योगदान पुगेको छ । यसभित्र लुकेका थप अमूर्त भौतिक सम्पदाको अनुसन्धान गर्न विज्ञ समूह ल्याउने हाम्रो योजना छ”, उनले भने ।

footwear zone

संस्कार, संस्कृति, मान्यता, भाषा, धर्म, आस्था, विभिन्न जातजातिको रीतिरिवाज आदिको खोजी तथा संरक्षण र विकास गर्न समुदायस्तरमा कार्यक्रम गरिएको हो । कार्यक्रमले यस्ता सम्पदाको विकासमा टेवा पुग्ने देखिएको छ । युनेस्कोले तीन दिने समुदायमा क्षमता अभिवृद्धि प्रशिक्षणको आयोजना गरेर यस्ता सम्पदाको विषयमा जानकारी गराएको हो ।

प्रशिक्षण कार्यक्रमका सहभागी विष्णुकुमार राईले भने, “भोजपुरमा धेरै पक्षमा विविधता छ । कतिपय त्यस्ता मान्यता आस्था, विश्वास, भाषा आदि लोप हुँदै गएको अवस्था छ । यस कार्यक्रममा सहभागी भएर ती कुरालाई कसरी संरक्षण गर्न सकिने रहेछ । कस्ता सम्पदा अभौतिक हुन् भन्ने विषयमा जानकारी पाइयो । यस्ता कुरालाई भावी पुस्तासम्म पु¥याउनको लागि स्थानीय सरकारले योजनाबद्ध रुपमा काम गर्नु पर्ने देखियो ।”

पछिल्लो समयमा अभौतिक सांस्कृतिक सम्पदा लोप हुने खतरा बढी रहेकाले यस विषयमा समुदायस्तरमा चेतना फैलाउन आवश्यक रहेको युनेस्कोका राष्ट्रिय आयोग सदस्य दीपक सरकारले बताए । उनले भने, “हाम्रो देशमा धेरै अभौतिक सम्पदा छन् । कतिपय त्यस्ता सम्पदा हराउने अवस्थामा पनि पुगेका छन् । यसको विकास गरेर नयाँ पुस्तासम्म पु¥याउनुपर्ने दायित्व हामीसँग छ । कतिपय भाषा, आस्था रीतिरिवाज तथा मिथक हराएको अवस्था पनि छ । यस्ता कुराको संरक्षण गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीय तहले धेरै राम्रो आर्थिक उपार्जन गर्न सक्छन् ।”

You might also like

Comments are closed.