काठमाडौं । दुई र तीनपांग्रे सवारी नेपाली बजारमा बिक्री गर्दै आएको जगदम्बा मोटर्स चारपांग्रे सवारी नेपाल भित्र्याउने तयारी गरेको छ । मेलेसियाली कम्पनी प्रोटोनको आधिकारित विक्रेतामा जगदम्बा मोटर्स नियुक्त भइसकेको छ। कम्पनीले मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन सागा’ नेपाली बजारमा उपलब्ध गराउनेछ । नेपाली चारपांग्रे सवारी पारखीका लागि कम्पनीले नयाँ अन्तर्राष्ट्रिय विकल्प प्रस्तुत गर्न लागेको हो ।
जगदम्बाले यसअघि टीभीएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा टीभीएसको बजार विस्तार गरेको थियो । कम्पनीले टीभीएसको मोटरसाइकल तथा स्कुटरका साथै टीभीएस किङ (तीनपांग्रे अटो) र एडनक लुब्रिकेन्टस नेपालमा बिक्री गर्दै आएको छ ।
टीभीएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडि यसको गुणस्तरीय सेवा र देशैभर फैलिएका डिलरमार्फत स्तरीय ग्राहक सेवा र सम्बन्ध हुन् । सोहीअनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ अघि लैजाने योजना गरेको जगदम्बाको छ । कम्पनीले प्रोटोनबाट पनि टीभीएस अनुरुपकै सफलता हासिल गर्ने विश्वास लिएको दाबी गरेको छ ।

हाललाई काठमाडौंको शोरुममार्फत प्रोटोनको ‘प्रोटोन सागा’ मोडल नेपालमा उपलब्ध गराइनेछ । मोटर्सले आउँदा दिनमा सेवालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगन्ज, धनगढी, नेपालगन्ज, इटहरीलगायत सहरमा आफ्नो डिलर र सर्भिस सेन्टर सुरु गर्ने दीर्घकालीन रणनीति बनाएको छ । साथै प्रोटोनका अन्य चर्चित मोडल पनि ग्राहकका चाहना र मागबमोजिम क्रमबद्ध रुपमा नेपाल भित्र्याउने जगदम्बाको योजना छ ।




Comments are closed.