काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोनको पहिलो एस.यु.भि प्रोटोन X70 नेपालमा सार्वजनिक गरेको छ । भर्चुअल लाइभ मार्फत गाडी सार्वजनिक गरिएको हो ।
समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, “ प्रोटोन X70 मलेशियामा मात्र नभई संसारका धेरै मुलुकहरुमा ख्याती र सफलता हात पारेको एस.यु.भि रहेको छ । हामी आशा राख्दछौं कि यस गाडीले नेपालमा समेत अवस्य सफलता हाँसिल गर्ने छ र संसारका अरु देश झैं नेपालमा पनि आफ्नो सफलताको कथालाई निरन्तरता दिनेछ । हामी प्रोटोनको माध्यमबाट जगदम्बा मोटर्सको सफलताको एउटा नयाँ कथा कोर्न चाहन्छौं र आशा छ कि प्रोटोन X70 ले नेपाली अटोमोबाइल बजारमा एउटा नयाँ अध्यायको थालनी गर्ने छ“। यसैगरी प्रोटोनको सेवा, सुविधा, पाटपुर्जाको उपलब्धता र विश्वसनियताबारे प्रतिवद्धता जनाउँदै अग्रवालले थपे,“ हामी चाडँै नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्याउने छौँ र प्रोटोनलाई मुलुककै एउटा शिर्ष अटोमोबाइल कम्पनी बनाउनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने छौँ“।
प्रिमियम इन्टेलिजेन्ट एस् यु भीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको रहेको इन्टेलिजेन्ट कि ले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्दछ र यदि ढोका राम्रो संग लक भएको छैन भने त्यसको सुचना दिलाउदछ जसले गाडी भित्र रहेको सामान चोरी हुन वा हराउन बाट जोगाउँदछ। यसैगरी
यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा निप्ट्याउन सहयोग पुर्याउदछ। भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफुले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्स बारे सोधपुछ देखि लिएर गाडीको पुरै सिस्टम कन्ट्रोल गर्न सक्ने सम्म काम गर्दछ ।

साथै यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटि टेक्नोलोजी समेत जडित रहेको छ, जस अन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सकिने बताइएको छ ।
सुरक्षाका अत्याधुनिक फिचर्सहरु समाहित गरेर तयार गरिएको यस एस् यु भीमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डि होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् जुन चाहिँ इन्टेरियर लाइटिङ्ग र गाडीको आवाज संग कनेक्टेड हुन्छन् र आउने अफ्ट्यारो परिस्थितिको चेतावनी दिइ रहन्छन्। यसैगरी यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तु सँग ठोक्किन लागेको छाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ।
यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा उच्चस्तरीय अन्तराष्ट्रिय कम्पनी भल्भोसंग मिलेर प्रोटोनले संयुक्त रुपमा यसमा रहेको १.५ लिटरको टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टि.जि.डि.आइ) थ्री सिलिन्डर इन्जिन समाहित रहेको छ जसले कम तेल खपत, कम फ्रिक्सन क्षती, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ् अनुभव प्रदान गर्दछ । यसले अधिकतम तर्क भने १,५००–४,००० आर.पि.एममा प्रदान गर्दछ।
५–स्टार ASEAN NCAP सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ बर्ष अथवा १ लाख ५० हजार कि.मि वारेन्टी रहेको छ । यसको सुरुवाती रकम भने हाललाई रु ८६ लाख ९९ हजार रहेको बताइएको छ ।




Comments are closed.