प्रोटोनले ल्यायो आकर्षक ‘बिशेष ०.९९’ प्रतिशत योजना

काठमाडौं । जगदम्बा मोटर्स, प्रोटोनको एकमात्र आधिकारिक बिक्रेताले ‘बिशेष ०.९९’ प्रतिशत योजना ल्याएको छ। बिशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको छ। यस योजना यहि २४ असोज गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहनेछ।

नेपालमा बैंकको ब्याजदरमा उताडचडाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको Saga र X70 मात्र ०.९९ प्रतिशत ब्याजदरमा फ़ाइनानसिङ गरेर खरिद गर्न सक्नेछन्। उचित कागजपत्र बुझाको ४८ घण्टामै ग्राहकहरुले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन्।

यस प्रोटोन ‘बिशेष योजना’ बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनानसिङको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुनेछन् । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रा. लि. ले इन हाउस फ़ाइनानसिङको सुविधा प्रदान गर्दै आइरहेको छ।

footwear zone

बिशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन Saga को सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन X70 को सुरुवाती मुल्य रू ८६ लाख ९९हजार तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो। त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४।४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

 

 

You might also like

Comments are closed.