आचार्यले बुझाए प्रदेश प्रमुख खापुङ समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङलाई महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन-२०७९ हस्तान्तरण गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आज आव २०७७/७८ मा कारोबारको लेखापरीक्षण सम्पन्न गरिएको उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै साधन स्रोतको अधिकतम उपयोग गरी बेरुजु घटाउन महालेखा परीक्षकको कार्यालयले थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै आम्दानी सम्बन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने विचार राखे।

footwear zone

प्रदेश प्रमुख खापुङले प्राप्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिका सभापतिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे । नायब महालेखा परीक्षक आचार्यले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सवल बनाउन अनुगमन, मूल्यांकन, जिम्मेवारी र जवाफदेहिता पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।

प्रतिवेदमा लेखा परीक्षण गरिएका निकाय सङ्ख्या १९७ रहेको छ भने रु ४५ अर्ब ५९ करोड १७ लाख ५८ हजार रकम रहेको छ । यस्तै यो वर्ष बेरुजु रु एक अर्ब ६२ करोड ८६ लाख १३ हजार देखिएको छ जसमध्ये असुल गर्नुपर्ने रु १७ करोड ४४ लाख ४९ हजार, नियमित गर्नुपर्ने रु एक अर्ब ३० करोड ७३ लाख ७१ हजार र पेश्की रु १४ करोड ६७ लाख ९२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.