स्वास्थ्यकर्मी माथिको कुटपिट निन्दनीयः मनो–चिकित्सक संघ

काठमाडौं । कोरोना महामारीको समयमा दिनरात नभनी बिरामीको स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएका हातपात तथा दुव्र्यवहारका घटनाप्रति नेपाल मनो–चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कठिन परिस्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई हौसला तथा प्रोत्साहन प्रदान गर्नुपर्ने समयमा उल्टै गाली गलौज गर्ने, कुटपिट तथा भौतिक आक्रमण हुनु निकै दुःखद घटना भएको संघले विज्ञप्तिमा मार्फत जनाएको छ ।

‘यस्ता घटनाबाट उत्पन्न हुने शारिरीक तथा मानसिक पीडाले समग्र स्वास्थ्यकर्मीहरुको मनोबलमा दीर्घकालीन नकरात्मक असर उत्पन्न हुनसक्ने सम्भावना छ,’ संघका अध्यक्ष प्रा.डा. सुदर्शन नर्सिंह प्रधान र महासचिव डा. राजन शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाका दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।’

footwear zone

बिराट मेडिकल कलेज, नारायणी अस्पताल, भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएका अमानवीय घटना भर्सना गर्दै संघले कारबाहीको माग गरेको हो ।

You might also like

Comments are closed.