पोखरा ।
कोभिड–१९ महामारीका कारण संकटमा परेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिममा पार्ने हुनाले पोखराका पर्यटनसंग आवद्ध संघ संस्था र निजी क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषद घोर आपत्ति जनाएको छ । कोभिड–१९ को असरबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटना क्रमले गम्भीर नकरात्मक असर पारेको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बन्द हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेश गरी दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधरणलाई सबै भन्दा बढी असर पर्ने हुँदा यस्ता बन्द, हड्ताल, चक्काजाम लगायतका गतिविधिहरु नगर्न सबै राजनीतिक दलहरुलाई पोखरा पर्यटन परिषद हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तत्काल बन्द हडताल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न पोखरा पर्यटन परिषदले अनुरोध गरेको छ । बन्द हडताल समस्याको समाधान नभएको परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् ।




Comments are closed.