मालसामान सार्वजनिकस्थलमा नराख्न आग्रह

रसुवा । सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ ।

चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भाबित जोखिम न्यूनीकरण गर्नाका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो आग्रह गरेको होे । विद्युत् प्रवाह हुने तारको खम्बा अग्लो बनाउन र विभिन्न विकासका सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण सुरक्षित स्थानमा राखी पहरा दिने सरोकार निकायसमक्ष आग्रह गरिएको छ ।

उत्तरी रसुवाको भोटेकोसीमा निर्माणाधीन १२० मेगावाट जलविद्युत् आयोजनाले प्रयोग गरेको ट्रान्सफर्मरको विद्युत् चुहावटले एक १२ वर्षीय बालक सख्त घाइते भएकाले यस्ता घटना दोहोरिन नदिन सबैखाले जोखिम न्यूनीकरणका लागि प्रहरीले सुरक्षाका थप कदम अगाडि बढाएको हो ।

footwear zone

यसैगगरी सार्वजनिकस्थलमा कुनै पनि सामग्री नराख्न, सडक किनारमा सवारी साधन पार्किङ नगर्न र यस्तै इजाजत प्राप्त गरेबमोजिमको चालक परिचालन गरेर मात्र सवारी साधन चलाउनसमेत आग्रह गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

You might also like

Comments are closed.