पोखरा । पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजना अन्तर्गत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकाले उक्त भुत्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । परिमार्जित परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मूर्ति स्थापना गर्ने, भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए ।
४० करोडको उक्त परियोजना अन्तर्गत ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तर्राष्ट्यि ध्यान केन्द्र, मनोरेलद्वारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।

परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दीन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने भएको अध्यक्ष बरालले बताए ।
मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रदर्शन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।

पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि बस सेवा निःशुल्क व्यबस्था गरिएको अध्यक्ष बरालले बताए ।
विशाल महादेवको मूर्तिको औपचारिक उद्घाटन अघि नै हिजोआज दैनिक जसो ५ सय पर्यटकहरु जना थालेको समितिले जनाएको छ । विशाल महादेवको मूर्ति अवलोकनको लागि औपचारिक उद्घाटन पश्चात मात्र प्रशासनको समन्वयमा निश्चित शुल्कः निर्धारण गरिने भएको समितिले तयारी गरेको छ ।




Comments are closed.