अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको राष्ट्रको अर्थतन्त्र उठाउन मद्दत पुग्ने : डा कँडेल

काठमाडौं ।नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ ।

बैंककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्या)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा बुधबार सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन मद्दत पुग्ने बताए ।

आर्थिक समृद्धि, व्यापार विविधिकरण तथा त्यसका संरचनागत अवरोध र बहुआयामिक गरिबी हटाउन अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको साझा प्रयास आवश्यक भएकामा उनले जोड दिएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

footwear zone

उपाध्यक्ष कँडेलले कोरोना महामारीका कारण स्वास्थ्य, व्यापार, पर्यटन, यातायात, शिक्षा, कृषि तथा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको यथार्थ प्रस्तुत गर्दै रोगको फैलावट नियन्त्रण तथा सामाजिक र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नेपाल सरकारले काम गरिरहेको बताए ।

You might also like

Comments are closed.