लेखनाथमा ‘आर टु एम एजुकेसन स्पेसलिस्ट्स’

लेखनाथ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित कास्कीको लेखनाथमा ‘आर टु एम एजुकेसन स्पेसलिस्ट्स’ले खुल्ने भएको छ । लेखनाथस्थित तालचोकमा खुल्ने शाखाको माघ २५ गते आइतबार इक्यान नेपालका अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक निर्वाण देवानले जानकारी दिए ।

बिगत ४ वर्षदेखि पोखराको सिद्धार्थचोकबाट सेवा प्रदान गर्दै आइरहेको आर टु एमलाई लेखनाथमा स्थानान्तरण गरिएको हो । परामर्श, अंग्रेजी भाषा, आईएल्टिस तथा पिटिइ कक्षा संचालन गर्दै आएको आर टु एमले लेखनाथ तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यहाँ कार्यालय खोलेको हो । ‘लेखनाथ तथा आसपासका विद्यार्थीलाई आफ्नै घर छेउ नजिकैबाट सेवा दिने उद्देश्यले कार्यालय स्थानान्तरण गरिएको हो,’ देवानले भने ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोकबाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलरद्वारा परामर्शको सम्पूर्ण सेवा प्रदान हुने उनले बताए । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्ड जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘यी देशका धेरै कलेज तथा विश्वविद्यालयसंग समन्वय गरिरहेका छौं,’ उनले भने । एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवाहरु संचालन हुने उनले बताए ।

footwear zone

बिगतका दिनहरुमा विद्यार्थीहरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं, चितवन तथा पोखरा बजारसम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने विश्वास लिएको निर्देशक देवानले बताए ।

You might also like

Comments are closed.