परामर्श सेवा लेखनाथमै, आर टु एम एजुकेसन स्पेसलिस्ट्स खुल्यो

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने लक्ष्यसहित कास्कीको लेखनाथमा आर टु एम एजुकेसन स्पेसलिस्ट्स सञ्चालनमा आएको छ । पोखरा–२७ तालचोकमा स्थापना भएको आर टु एमको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले गरे ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई परामर्श सेवा लेखनाथ क्षेत्रबाटै सुरु हुँदा आसपासका विद्यार्थी तथा अभिभावकहरु लाभान्वित हुने इक्यानका अध्यक्ष पाण्डेले बताए । कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले परामर्शका लागि लेखनाथ बाहिर जानुपर्ने बाध्यता आर टु एमले अन्त्य गर्ने विश्साव व्यक्त गरे ।

बिगत ४ वर्षदेखि पोखराको सिद्धार्थचोकबाट सेवा प्रदान गर्दै आइरहेको आर टु एमलाई लेखनाथमा स्थानान्तरण गरिएको सञ्चालक निर्वाण देवानले जानकारी दिए । परामर्श, अंग्रेजी भाषा, आईएल्टिस तथा पिटिइ कक्षा संचालन गर्दै आएको आर टु एमले लेखनाथ तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यहाँ कार्यालय खोलेको हो ।

footwear zone

नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोकबाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलरद्वारा परामर्शको सम्पूर्ण सेवा प्रदान हुने उनले बताए । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्ड जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘यी देशका धेरै कलेज तथा विश्वविद्यालयसंग समन्वय गरिरहेका छौं,’ उनले भने । एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवाहरु संचालन हुने उनले बताए ।

बिगतका दिनहरुमा विद्यार्थीहरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं, चितवन तथा पोखरा बजारसम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने विश्वास लिएको निर्देशक देवानले बताए ।

You might also like

Comments are closed.