पोखरा । नेपाल वित्तीय संस्था संघको प्रथम उपाध्यक्षमा रविचन्द्र गुरुङ¬ निर्वाचित भएका छन् । पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट संस्थाको प्रथम उपाध्यक्षमा गुरुङसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
प्रथम उपाध्यक्ष गुरुङ पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुन् । राष्ट्रियस्तरको पोखरा फाइनान्सको प्रधान कार्यालय न्युरोड पोखरामा छ ।
संस्थाको अध्यक्षमा आई सि एफ सि फाइनान्सका सुनिल पन्त निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा रजोजमान श्रेस्ठ (सेन्ट्रल फाइनान्स), महासचिवमा उद्धवराज थपलिया (नेपाल फाइनान्स), कोषध्याक्षमा नारायण सुवेदी (मञ्जु श्री फाइनान्स) निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा अनिल श्रेष्ठ (प्रोगेसिभ फाइनान्स), लिलामणि न्यौपाने (इन्भेस्ट्मेन्ट एण्ड फाइनान्स), सन्तोस कुमार घिमिरे (गोर्खाज फाइनान्स), राजेश कुमार श्रेष्ठ (गुहेश्वरी फाइनान्स), रजनिश कुमार सिङ (मल्टिपर्पस फाइनान्स), दीनेश कुमार शर्मा (जानकी फाइनान्स¬) निर्वाचित भए ।




Comments are closed.