काठमाडौं ।
श्री महाकाली वाइन प्रालिको अध्यक्षमा रविन भेटवाल चयन भएका छन् । मंगलबार सम्पन्न साधारणसभाबाट भेटवाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यस अगाडि किस्मत अधिकारीले अध्यक्ष रहेर प्रालिको नेतृत्व गरेका थिए ।
प्रा.लि.ले डिभाइन ब्राण्डको वाइन उत्पादन गरी देशभरको बजारमा बिक्री वितरण गरिरहेको छ । डिभाइन ब्राण्डमा रातो, सेतो र हनी वाइन गरी ३ प्रकारका ब्राण्ड देशभरको बजारमा लोकप्रिय रहेको ब्राण्ड म्यानेजर सञ्जु शाक्यले बताए ।

डिभाइन वाइन एक दशक भन्दा अगाडिदेखि नेपाली बजारमा उपलब्ध छ ।




Comments are closed.