कालीगण्डकीमा व्यावसायिक जलयात्रा सुरु

म्याग्दी । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ। बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो।

होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले ¥याफ्टिङ र कायाकिङ सुरु गरेको बताए। “म्याग्दीका पर्यटकीयस्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाइ लम्ब्याउन जलयात्राले सहयोग गर्नेछ”, उनले भने “छोटो र लामो दूरीको जलयात्राको प्याकेज बनाएका छौँ ।”

पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर टे«किङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वरदेखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ ।

footwear zone

गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु एक हजार दुई सय शुल्क तोकिएको ¥याफ्टिङ गाइड होम पुनले बताए। सो शुल्क खाजासहितको हो । एकपटकमा आठ जनाले ¥याफ्टिङ गर्न सक्नेछन् ।

कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृश्यावलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो । नदीमा बग्दै वरपरका बस्ती, झरना, पहाड र खोँचको दृश्यावलोकन गर्न सकिन्छ। यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन ।

मेला महोत्सवको समयमा पोखराका व्यवसायी आएर जलयात्रा गराउँदै आएका थिए। विगत १२ वर्षदेखि ¥याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका पुनले म्याग्दी, पर्वत र बागलुङको सिमाना भएर बग्ने गलेश्वर-बेनी-नयाँपुल खण्डमा प्राविधिक अध्ययन गरेर जलयात्रा सुरु गरेको बताए।

म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जलयात्राले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन र यहाँको व्यापार व्यवसाय बढाउन सहयोग पुग्ने बताए। “खस्किएको बेनीको व्यापार र पर्यटनलाई उकास्न जलयात्राले सहयोग गर्ने अपेक्षा गरेका छौँ”, उनले भने, “बेनीमा पर्यटकको बसाइ लम्ब्याउन ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य पहिचान गरी प्रचारप्रसारमा जुटेका छौँ।”रासस

You might also like

Comments are closed.