‘जलयात्राका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाइने’

काठमाडौं । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् (नाराले) जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ ।

नाराको आइतबार सम्पन्न ३२ औं साधारण सभाले कोभिड–१९ का कारण थला परेको जलयात्रा व्यवसायलाई पहिलेको अवस्थामा लैजानका लागि व्यवसायीबीच आपसी समझदारी कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले जलयात्रासम्बन्धी आचारसंहिता निर्माण गरी लागू गर्ने, जलयात्रा व्यवसायी र कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने, अवैधरुपमा सञ्चालित जलयात्रा व्यवसायलाई निरुत्साहित गर्ने निर्णय गरेको नाराका महासचिव शिशिर खनालले जानकारी दिए ।

यस्तै, जलयात्रा व्यवसायीको प्रवद्र्धनका लागि प्रभावकारी बजारीकरण गर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत पूर्ण कर्जाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, विद्यमान विमा नीतिमा जलयात्रा व्यवसाय सुहाउँदो नीति निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

footwear zone

यसैगरी, बैठकले विद्यमान परिस्थितिलाई मध्यनजर गरी न्यूनतम जलयात्रा दररेट निर्धारण गर्ने, ह्वाइट वाटर नेपाल वुकमा रहेका नदी खोल्न प्रयत्न गर्ने निर्णयसमेत गरेको महासचिव खनालले बताए ।

You might also like

Comments are closed.