विपन्नलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग

सिमकोट । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टिन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टिनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको आधार नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाले माग गरेअनुसार बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाले बताए । जिल्लाभरि कोभिड–१९ महामारीका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाले बताए ।

आधार नेपाल हुम्लाले अक्सिजन कन्सन्टे«टर एक थान, केएन ९५ मास्क ५०० थान, सर्जिकल मास्क ६०० थान, स्यानिटाइजर ९६ बोतल, सर्जिकल पञ्जा ६०० थान, १० वटा पिपिइ सेट, पाँच जोर बुट, ३० वटा फेस सिल्ड, पेट्रोल १०५ लिटर र डिजेल १०५ लिटर उपलब्ध गराएको छ ।

footwear zone

छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार रु १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिए ।

कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन । करिब रु ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिए । त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले रु १५ हजार सहयोग गरेको कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए ।

You might also like

Comments are closed.