बाढी पीडितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । काभ्रेको भुम्लु गाउँपालिकाले यहाँका तीनवटा पालिकालाई आर्थिक सहयोग गरेको छ ।

उक्त गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठलगायतको टोलीले शुक्रवार गत असार १ र त्यसपछिको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट क्षति पुगेका मेलम्ची नगरपालिकालाई दुई लाख, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई तीन/तीन लाखका दरले रकम उपलब्ध गराएकी हुन् ।

मेलम्चीका प्रमुख डम्बर अर्याल, हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले केही राजनीतिक दलले सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता गरेकामा अहिलेसम्म प्राप्त नभएकाले यथाशक्य छिटो रकम उपलब्ध गराउन अनुरोध गरेको थिए ।

footwear zone

असार १ तथा त्यसपछिको मेलम्ची, इन्द्रावती, याङ्री, लार्के खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो ।

You might also like

Comments are closed.