गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघद्वारा राहत वितरण

पोखरा ।गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले यहि तनहुँ जिल्लाको देवघाट गाउँपालिका १ बसेनीटारमा रहेका आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई न्यानो कम्मल र खाद्यान्न वितरण गरेको छ ।  कोरोना महामारीका कारण आफ्नो दैनीकी गुमाएका र जिविकोपार्जनमा समस्या भएका एवं जाडोलाई मध्यनजर गर्दै उक्त स्थानका नागरिकहरुको जनजीवनमा केहि मात्रामा भएपनी सहजता प्रदान गर्ने उदेश्यले संघले उक्त कार्यक्रम गरेको हो ।

स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गर्दै उक्त कार्यक्रमका अध्यक्ष एवं संघका अध्यक्ष सरस्वती अर्यालले कार्यक्रमको उद्‌घाटन गरिन् । देवघाट गाउँपालिकाको तथ्याङ्क अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त बसेनिटार गाउँमा संघद्धारा १०० घर परिवारलाई न्यानो कम्मल तथा चामल, दाल र चिउरा समेत वितरण गरिएको छ ।

राहत वितरण पश्चात कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष सरस्वती अर्यालले संघद्वारा गरिएको राहत वितरणबाट लाभान्वीत हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसके पनि यसबाट केहि हदसम्म जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताइन् । साथै शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ सस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रमहरु ल्याई उनिहरुको जनजीवनमा केहि मात्रमा भएपनी सहजता प्रदान गर्न उनले कार्यक्रमबाटै अनुरोध समेत गरिन् ।

footwear zone

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति आभार प्रकट गरे साथै राहत वितरणबाट बढ्दो चिसोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत सम्भव भए यस्तै सहयोगको अपेक्षा समेत गरे ।

राहत वितरणबाट लाभान्वीत स्थानीयहरुकले नेपाल प्रहरी श्रीमती संघद्वारा गरिएको उक्त राहत वितरणबाट आफूहरुलाई जाडोका लागि न्यानो कम्मल र खाद्यान्न प्राप्त भएको प्रती खुशि व्यक्त गर्दै थप सहयोगको समेत अपेक्षा रहेका बताए । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधिहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.