राउटे परिवारलाई कम्बल वितरण

कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।

समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए ।

चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाइ कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए ।

footwear zone

सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक रु पाँच हजार पाउनेछन् ।

चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए । राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरे ।

बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने जनाएको छ ।

You might also like

Comments are closed.